जाडो मौसममा फुलबारी महानन्द ब्यारेजमा हजारौं प्रवासी चराहरू आउँछन्। यी चरालाई शिकारीबाट जोगाउन वन विभागले विशेष व्यवस्था गरेको छ । घोषपुकुर वन विभागको तर्फबाट प्रवासी चराहरूको संरक्षणका लागि सिलगढी शहर नजिकैको फुलबारी महानन्द ब्यारेजमा बन्दुकधारी वनकर्मीहरू तैनाथ गरिएको छ। गएरातिदेखि नै वनका कर्मचारीले आप्रवासी चराको सुरक्षाका लागि निरन्तर गस्ती गरिरहेका छन् ।यससँगै सिकारीले प्लाष्टिकको पातलो धागोले बिछ्याएको जालबाट चरालाई जोगाउन वन विभागले विशेष पहल गरिरहेको छ । घोषपुकुरका रेन्ज अधिकृत सोनम भुटियाले हिउँदअघि नै यस फुलबारी ब्यारेजमा ठूलो संख्यामा चराचुरुङ्गी आउने गरेको बताए । चोरी शिकारीका कारण यो संख्या क्रमशः घट्दै गएको छ । चराहरु ब्यारेजमा नरहुन्जेल यो अभियान जारी रहने उनले बताए ।
Related Posts
सिलिगुडीमा कालो फिंगसको कारण पहिलो मृत्यु
- Editor
- June 2, 2021
- 0
कोरोना तीन हप्ता अघि संक्रमित भएको थियो ती महिला, ११ दिनदेखि मेडिकल कलेजमा उपचार भइरहेको थियो, आँखाको शल्य चिकित्सा मेडिकल कलेजमा गरिएको थियो कालो फिंगसको […]
ज्यानमारा इज्जत
- Editor
- December 18, 2020
- 0
जंगबहादुरको शासनमा उर्दी जारी गरिएको थियो– ‘व्यभिचार गर्ने आइमाईलाई बाघको मुखमा हालिदिनू ।’ राणासनमा मात्रै होइन, महिलाको यौनिकतामाथिको नियन्त्रण आजसम्मै छ । मानव सभ्यतामै निजी […]
बेपत्ताका परिवार भन्छन्– ‘आउने बाटो हेर्दै आँखा थाकिसके’
- Editor
- November 28, 2020
- 0
सशस्त्र द्वन्द्वका क्रममा १९ वर्षअघि जिल्ला शिक्षा कार्यालयले पत्र लेखेर बोलाएपछि घरबाट सदरमुकाम मान्म गएका सालडाँडा प्रावि पोरिपाल्नीका शिक्षक भद्रबहादुर बोगटीलाई जिशिअ युवराज शर्माले प्रहरीलाई […]