बङ्गलादेशमा रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ

बङ्गलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बङ्गलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले बुधबार भन्नुभएको छ बङ्गलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भन्नुभयो– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बङ्गरलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।
आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *