फ्रान्समा पनि देखा पर्‍यो कोरोनाभाइरसको नयाँ प्रकार

हालै यूकेमा देखिएको कोरोनाभाइरसको नयाँ भेरीअन्ट अर्थात् प्रकार फ्रान्समा पनि पहिलो पटक देखा परेको छ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रेन्च पुरुषमा उक्त भाइरस पाइएको छ।उनलाई टूर्सस्थित उनकै घरमा एकान्तवासमा राखिएको छ। उनमा लक्षण देखिएको थिएन।फ्रान्सले बुधवार यूकेसँगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध हटाएको थियो।तर त्यहाँबाट आफ्नो देशमा आउनेहरूले सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने नियम लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *