फ्यानले ढाँडमा बनाए मेस्सीको ट्याटु, मेस्सीले ढाँडमै अटोग्राफ दिँदा त्यो पनि बन्यो ट्याटु

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। मंगलबार बिहानै पाराग्वेलाई १–० ले जित्दै समूह एको शीर्ष स्थानमा रहँदै अर्जेन्टिना नकआउट चरण प्रवेश गरेको हो। हाल कोपा अमेरिका ब्राजिलमा जारी छ। ब्राजिलमा स्टार खेलाडीहरुको कमी छैन यद्यपी त्यहाँ अर्जेन्टिनी स्टार लियोनल मेस्सीको एउटा अद्भूत फ्यान भेटिएका छन्।

उनको ढाँडभर मेस्सीको तस्बिर छ। खासमा सो तस्बिर मेस्सीले रियल मड्रिडविरुद्ध सन् २०१७ मा गोल गरेपछिको सेलेब्रेसन हो। उनले आफ्नो खेल जीवनको ५ सय गोल पुरा गरेको सो क्षण इगोर मेगालहेसको ढाँडमा ट्याटुको रुपमा देखेपछि इगोरको ढाँडमै अटोग्राफ दिएका हुन्। पछि इगोरले सो अटोग्राफलाई पनि ट्याटुको रुपमा परिणत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *