फेसबुकको भारत नीति हेर्ने दिइन् राजीनामा

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्।घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।

मुस्लिमविरोधी पोस्टहरूको हकमा भारतको सत्तारूढ दलका समर्थकहरूले घृणा फैलाउने अभिव्यक्ति रोक्ने आफ्ना नीति उल्लङ्घन गर्ने गरे पनि फेसबुकले त्यसप्रति नरम रवैया अपनाएको द वाल स्ट्रीट जर्नलले आरोप लगाएको थियो।

अङ्खी दासले विवादास्पद निर्णयहरू गरेको र उनी राजनीतिक रूपमा पूर्वाग्रही भएको पनि उक्त पत्रिकाले आरोप लगाएको थियो।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *