फुर्बा छिरिङ लामाद्वारा निर्देशित नेपाली फिल्म ‘जार’

जून कथाहरू व्यक्तिगत हुन्छन ति नै सबैभन्दा प्रभावकारी पनि हुन्छन्।

इन्द्रबहादुर राई द्वारा लेखिएको कथा ‘जार’ लाई एक धेरै प्रतिभाशाली खरसाङका फिल्ममेकर फुर्वा छिरिङ लामाले सिल्भर स्क्रीनमा ल्याइरहेका छन्।इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जार’ सिक्किमको परिवेशमा लेखिएको कथा हो। फिल्मको छायङ्कन पनि सिक्किममै गरिएको छ।फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा देखा पर्ने छन्। सिक्किमकी छोरी गीताञ्जलीले आफ्नो फिल्म ‘द लायर्स डाइस’ को लागी भारतीय राष्ट्रीय पुरष्कार जितेकी थिइन भने सौगात र अनुप चाही नेपाली चलचित्र क्षेत्रमा निकै लोकप्रिय छन्।

फेरी टेल्स पिक्चरको ब्यानरमा बनिएको यस फिल्मको ट्रेलरलाई दर्शकहरुद्वारा यूट्यूब र फेसबुकमा धेरै माया प्राप्त भएको छ। फिल्मको ट्रेलर निकै रोचक छ। भारतमा पहिलो पटक नेपाली संस्कृतिमा यति धेरै जरा गाडिएको फिल्म यति जोशका साथ बनेको हुन सक्छ यसै कारण यस फिल्मले सिक्किम, दार्जीलिङ्ग, नेपाल र विश्वभरका नै नेपालीहरुलाई गौरवान्वित बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *