फिलिपिन्सका पूर्वराष्ट्रपति बेनिग्‍नोको निधन

 फिलिपिन्सका पूर्वराष्ट्रपति बेनिग्‍नो अक्‍विनो (तेस्रो)को ६१ वर्षको उमेरमा निधन भएको छ । क्वेजोन सहरस्थित अस्पतालमा उपचारको क्रममा उनको बिहीबार निधन भएको हो ।

न्योन्यो नामले समेत चिनिने अक्‍विनो २०१० देखि २०१६ सम्म देशको १५औं राष्ट्रपति बनेका थिए । राजानी मनिला नजिकै क्यापिटल मेडिकल सेन्टरमा उनको बिहीबार निधन भएको स्थानीय मिडियाले जनाएका छन् ।

अक्‍विनोले राजनीतिमा प्रवेश गर्नुअघि पारिवारसँग मिलेर १९९८ मा चिनी व्यवसाय गरेका थिए । उनी २००७ मा सिनेटर हुनुभन्दा अघि प्रतिनिधिसभामा तीन पटकसम्म सदस्य थिए ।

उनी प्रजातन्त्रवादी नेता सिनेटर बेनिग्नो निन्यो अक्‍विनो र पूर्व राष्ट्रपति काराजोनका एक मात्र छोरा समेत थिए । उनका पिताले तानाशाह फर्डिनान्ड मार्कोसको विरोध गर्ने क्रममा अमेरिका निर्वासित जीवन भोग्नु परेको थियो । जसलाई १९८३ मा अमेरिकाबाट फर्किने क्रममा हत्या गरिएको थियो ।

१९८७ मा उनकी आमा देशको राष्ट्रपति थिइन् । मनिलास्थित उनको निवास मलाकानांग दरबारमा विद्रोहीहरुले हमला गर्दा अक्‍विनो बचेका थिए । अक्‍विनोकी आमाको २००९ को अगस्टमा निधन भएको थियो । उनले १९८६ देखि १९९२ सम्म राष्ट्रपतिको पद सम्हालेकी थिइन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *