प्रदेश ५ को प्रदेशसभा बैठक सुरु

प्रदेश ५ को नाम र राजधानीबारेको प्रस्तावमा छलफल गर्न डाकिएको प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार दिउँसो १२ बजेलाई डाकिएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको हो । 

दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक केही समय ढिलो गरिएको सभामुख पूर्णबहादुर घर्तीले बताए । कार्यसूची अनुसार प्रदेशसभामा अहिले विपक्षी दलका नेता एवं कांग्रेस संसदीय दलका प्रमुख वीरेन्द्रकुमार कनौडियाले धारणा राखिरहेका छन् ।

उनीलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही, कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्नेछन् ।

प्रदेश सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावमाथि आजै मतदान हुने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *