प्रत्येक जुत्तामा एक थोपा मानिसको रगत सहित थोरै रातो मसी राखिएको छ

ब्रुकलिनको कला सङ्ग्रहालय एमएससीएचएफले र्‍यापर लिल नास एक्ससँग सहकार्य गरेर ६६६ जोर जुत्ता सोमवार सार्वजनिक गरेको थियो।नाइकीले आफ्नो ट्रेडमार्कको दुरुपयोग भएको दाबी गर्दै त्यसको बिक्री रोक्न मुद्दा दायर गरेको थियो। ती रगतका थोपाहरू एमएससीएचएफका सदस्यहरूले दान गरेका हुन्। नाइकीले  एमएससीएचएफलाई मानिसको रगतको थोपा भएको विवादित शैतानी जुत्ताविरुद्ध दायर मुद्दा जितेको छ। कालो र रातो रङ्गका जुत्ता लील नास एक्सको नयाँ गीत सार्वजनिक भएको अवसरमा सार्वजनिक गरिएको थियो।  ती सबै जुत्ताहरू एक मिनेटभन्दा कम अवधिमा बिक्री भएको र एउटा बाहेक सबै हुलाकमार्फत् पठाइसकिएको बताइएको छ।

उल्टो क्रस, पेन्टाग्राम र ‘ल्युक १०:१८’ लेखिएको उक्त जुत्ता नाइकीको एअर म्याक्स नाइन्टीसेभेन एस जुत्ताको स्वरूप परिवर्तन गरेर तयार पारिएको हो। त्यसको मूल्य १,०१८ डलर राखिएको छ। यूट्युबमा अघिल्लो साता सार्वजनिक भएको गीतको म्युजिक भिडिओमा ती र्‍यापरले नाइकी ट्रेनर्स लगाउँदै स्वर्गदेखि नर्क पुग्ने एउटा बाटोमा चिप्लिरहेको देखाइएको छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *