प्रतिनिधिसभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको निष्कर्ष

प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको बैठकले निष्कर्ष निकालेको छ । 

सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेससहित नेकपा र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी भएको निष्कर्ष निकालेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आइतबार भएको प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम ठहर गर्दै तीनवटै पार्टी त्यसको विरुद्धमा छौं । ‘

बैठकले असंवैधानिक र अलोकतान्त्रिक कदमकोविरुद्ध तीनवटै पार्टीको केन्द्रीय कमिटी बैठक बसेर आवश्य छलफल गर्ने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले संविधानमा हुँदै नभएको प्रावधान प्रयाेग गरियो भन्ने साझा धारणा बनाएको पनि उनले बताए । मंगलबार तीनवटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उनले बैठकपछि पुनः बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *