पार्टी दुई तिहाई नजिक हुँदाहुँदै पनि कांग्रेससँग हार-गुहार गर्नुपर्ने ! [अन्तर्वार्ता]

नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच धुव्रीकरण भइँरहदा हरिवोल गजुरेलसहितका केही नेता भेटघाटमा जुटेका छन् । उनीहरुले आइतबार प्रधानमन्त्री ओली र सोमबार कार्यकारी अध्यक्ष दाहालसँग भेट गरे ।

पार्टीलाई फुटबाट बचाउनु पर्छ, सरकार र पार्टीको काम प्रभावकारी बनाउनुपर्छ भन्ने पक्षमा हो । अहिले फुट भयो भने राष्ट्रलाई नै दुर्घटनातिर लैजान्छ । जनतामा ठूलो निराशा पैदा हुन्छ । जेजति परिवर्तन भएका छन्, त्यसमाथि नै प्रश्न खडा हुनसक्छ । परिवर्तन विरोधी, कम्युनिष्ट विरोधीलाई खुशीको हुन्छ । तर, राष्ट्र र जनताका पक्षमा उभिनेहरुका लागि दुखदायी हो । जनताको लागि के–के गर्दा पार्टी फुटबाट जोगिन सक्छ, त्यहीँ–त्यहीँ गरिराखेका छौं । दौडधुप पनि यही सिलसिलामा भएका छन् ।

हामीले दुवैजनासँग प्रष्टसँग कुरा राखेका छौं । अध्यक्ष प्रचण्डसँग भेट्दा प्रधानमन्त्री ओलीजीको कुरा गर्छौं, तपाईंले किन यसो गरेको भनेर भन्छौं । उता प्रधानमन्त्रीसँग तपाईंले किन यसो गरेको भनेर प्रचण्डलाई भन्छौं । हामीले एकतिर गएर एकजनाको प्रशंसा गर्ने होइन कि दुवैतिर एकअर्कोको वकालत गर्ने काम गरिराखेका छौं । त्यसरीमात्रै एकता हुन्छ भन्ने छ हाम्रो बुझाई । एकातिर मात्रै गएपछि एकताको प्रयासको अर्थ नै भएन नि ! हामीले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग र अध्यक्ष प्रचण्डसँग प्रष्टरुपमा विषयवस्तु राखेका छौं ।

हामीले अहिले स्थीरताको पक्षमा पनि जनमत हो भनेका छौं । वामपन्थीले मत दिएर पनि हामी दुई तिहाईको नजिक पुगेका हौं, यो स्थीरताको मत हो, त्यसको कदर गर्नुपर्‍यो । प्रधानमन्त्रीले सरकारको कामलाई जति सकिन्छ प्रभावकारी बनाउने र पाँच वर्ष सरकार टिकाउनु पर्‍यो । के–के गर्दा पाँच बर्ष सरकार टिक्छ, त्यहीँ–त्यहीँ गर्नुस्, बरु हामीलाई केही चाहिएन उहाँहरु दुवै जनालाई भनेका छौँ ।

प्रचण्डलाई कार्यकारी अध्यक्षको हैसियतले चाहिँ महाधिवेशनसम्म पार्टीलाई लैजाने काम तपाईंको हो भनेका छौं । यद्यपि कार्यकारी अध्यक्ष कागजमा भनिए पनि व्यवहारमा उहाँलाई भूमिका प्राप्त भएको छैन । तर, पनि तपाईंको दायित्व महाधिवेशनसम्म पार्टीलाई पुर्‍याउने हो भनेर प्रस्टसँग राखेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *