भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गाललाई आफ्नो चुनावी अभियानको मुख्य केन्द्र बनाएको थियो।,पश्चिम बङ्गालको २ सय ९२ सिटमध्ये २०८ तृणमूल कांग्रेसले जितेको बीबीसी हिन्दीले जनाएको छ, मोदीको दल आसाममा विजयी भए पनि अन्यत्र उल्लेख्य उपलब्धि हासिल गर्न विफल भएको छ। कोभिड सङ्कटको व्यवस्थापनलाई लिएर मतदाताले मोदीलाई दण्ड दिन्छन् कि दिँदैनन् भनेर चुनावलाई नजिकबाट हेरिएको थियो। भारतमा लगातार १० दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका दैनिक घटना ३ लाख भन्दा बढी छन्। त्यहाँ आइतबार ३ हजार ६ हजार ८९ जनाको मृत्यु भएको थियो जुन एक दिनको सर्वाधिक उच्च मानवीय क्षति हो। अस्पतालहरूले शय्या र अक्सिजनको चरम अभावको सामना गरिरहेका छन् र धेरै भारतीयहरूले सामाजिक सञ्जालमार्फत सहयोगको खोजी गरिरहेका छन्।