पत्नीले अर्को दल रोजेपछि सांसद पतिको सम्बन्धविच्छेद घोषणा

पत्नीले अर्कै पार्टी रोजेपछि भारतको पश्चिम बङ्गाल राज्यमा दुई राजनीतिज्ञको एक दशक लामो वैवाहिक जीवन समाप्त हुने स्थितिमा पुगेको छ।

सुजाता मण्डल खानले बीजेपी छोडेर त्रिनामोल कङ्ग्रेस पार्टी टीएमसी रोजेपछि उनका पति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीका सांसद सौमित्र खानले सम्बन्धविच्छेद गर्न चाहेको सूचना पठाएका छन्।पश्चिम बङ्गालमा केही महिनामा प्रान्तीय निर्वाचन हुँदैछ जसमा बीजेपी र टीएमसीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

सोमवार श्रीमती खानले बीजेपी छोडेर टीएमसी आएको घोषणा गरेकी थिइन्। उनले आफूले यथोचित सम्मान नपाएको र बीजेपीले अन्य दलका भ्रष्ट नेताहरूलाई स्थान दिएको आरोप लगाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *