नेपाल सरकारले सोमवार मध्यरातदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।

गतेदेखि केही अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी आइतवार साँझ एक मन्त्रीले बीबीसीलाई दिएकी थिइन्। नागरिक उड्ययन प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार मे ६ देखि १४ मेसम्म (वैशाख २३ देखि ३१ गते सम्म) नेपालमा सबै किसिमको अन्तर्राष्ट्रिय उडानहरू निलम्बन गर्ने निर्णय भएको छ। कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि राजधानीसहित नेपालका विभिन्न जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ। विगत २४ घण्टामा नेपालमा थप ७,२११ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।नेपालमा गत वर्ष कोरोनाभाइरस महामारी सुरु भएपछि अहिले पुष्टि भएको सङ्क्रमितको सङ्ख्या सर्वाधिक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *