नेपाल र भारतका जङ्गलमा फैलिएको आगोका कारण वैज्ञानिकहरू चिन्तित।

भारतको उत्तराखण्डस्थित प्रसिद्ध नैनीतालको पृष्ठभूमिका रहेका हरिया पहाडहरूले उक्त ताललाई झन् सुन्दर बनाइदिन्छन्। तर हप्तौँयता जङ्गलहरूमा लागिरहेको डढेलोका कारण उत्पन्न तुँवालोबाट पहाड ढाकिएका छन् र तालको सुन्दरता पनि घटेको देखिन्छ। “म तालको जतापट्टि बस्छु त्यताबाट तपाईँ धुवाँको गन्ध थाहा पाउन सक्नुहुन्छ,” सो क्षेत्रका जङ्गलसम्बन्धी विज्ञ शेखर पाठकले भने। सल्लाका रूखहरू मात्रै उच्च जोखिममा छैनन् बरु बाँझका जङ्गलहरू पनि डढिरेका छन् जसको अर्थ स्थिति एकदम गम्भीर छ भन्ने हो।

डढेलोबाट नराम्ररी प्रभावित क्षेत्रका मानिसहरूले हिजोआज राति निदाउन नसकेको बीबीसीलाई बताएका छन्। “मध्य राततिर हामी उठ्ने गर्छौँ र डढेलो कतै नजिक त आइपुगेको छैन भनेर हेर्छौँ,” पिठोरागढ जिल्लामा पर्ने बन्ना गाउँका केदार अवानीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *