‘नेपाल र चीनझैं सबै मिलेर काम गर्ने हो भने कोरोनालाई हराउन सकिन्छ’

चीनले सबै देश मिलेर काम गर्ने भने कोरोना महामारीलाई परास्त गर्न सक्ने बताएको छ । बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लि च्येनले कोभिड–१९ ले विश्वलाई नै जटिल परिस्थितिमा धकेलेको भए पनि यसबाट छुटकारा पाउन सकिने बताएका हुन् ।

पत्रकार सम्मेलनका क्रममा सगरमाथाको नयाँ उचाइ घोषणाको महत्वबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता च्येनले कोरोना महामारीलाई सबै मिलेर परास्त गर्नु पर्ने बताएका हुन् ।

‘चोमोलोङ्मा(सगरमाथा) को अग्लाइ जति नै भए पनि आरोहण गर्न सकिन्छ, त्यसै गरी जति नै कठिन परिस्थिति भए पनि कोभिड–१९ लाई परास्त गर्न सकिन्छ,’ उनले पत्रकार सम्मेलनमा भने । उनले अगाडि भने, ‘चीन र नेपालले झैं समझदारीका साथ मिलेर काम गर्ने हो भने हामीले कोरोना भाइरसलाई हराउन सक्छौं ।’

प्रवक्ता च्येनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली समकक्षी विद्यादेवी भण्डारीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेको उल्लेख गर्दै यसले कोरोना महामारीले आक्रान्त विश्वमा नयाँ आशा जगाएको बताए । उनले भने, ‘सगरमाथाको नयाँ उचाइको घोषणाले मानव जातिको साहस र संसारलाई बुझ्ने र पत्ता लगाउन सपनालाई पछ्याउने मानव शक्तिको प्रतिनिधित्व गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *