नेपाली कथानक चलचित्र ‘क्रसरोङ्स कथा तिम्रो र मेरो’

अर्विन्द राज गुरुङको निर्देशनमा नेपाली कथानक चलचित्र ‘क्रसरोङ्स कथा तिम्रो र मेरो’ को छायाङ्कन शुरु भएको छ। चलचित्रमा चञ्चल थापाको छायाङ्कन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ। विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’ मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले चलचित्रको कथा मनपरेकोले आफूले ‘क्रसरोड्सकथा तिम्रो र मेरो’ मा अभिनय गरेको खुलाइन्। तिनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि ‘क्रसरोङ्स कथा तिम्रो र मेरो’ को स्क्रिप्ट तथा आफ्नो चरित्र मनपरेकोले फिल्म खेल्न राजी भएको बताइन्। अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजङ दोर्जे भूटियाको अभिनय छ। चलचित्रमा भ्वाइस अफ् नेपालमा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको स्वर र अभिनय रहनेछ। गत शुक्रवारबाट नेपाल र भारत, दार्जीलिङ, सिक्किम र कलकत्ताका रमणीय स्थानमा फिल्मको छायाङ्कन शुरु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *