नेपालको साहसिक पर्यटनप्रति चिनियाँको चासो

चीनमा भएको स्पोर्ट्स् कल्चर तथा टुरिज्म एक्स्पोपछि नेपाल घुम्न चाहने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ। व्यापारिक सहर क्वाङ्चौमा सोमबारदेखि भएको तीन दिने प्रदर्शनीमा नेपालका तर्फबाट सहभागी एड्भेन्चर ट्राभल कम्पनीहरूको सहभागिताले पर्यटकको ध्यानाकर्षण गरेको हो।

प्रदर्शनीमा नेपालसहित चीन, अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, उरुग्वे, अर्जेन्टिना, नेदरल्याण्ड्सलगायतका देशहरूले अनलाइन माध्यमबाट भाग लिएका थिए।

‘दैनिकजसो एक दर्जनको हाराहारीमा चिनियाँ तथा विदेशी पर्यटकहरूले नेपाल घुम्नका लागि भिसा प्रक्रिया तथा नेपालको वर्तमान कोभिड अवस्था लगायतबारे सोधखोज गर्न चिनियाँ र अन्य विदेशीहरू आउने गरेका छन्’, क्वाञ्चौस्थित नेपाली महावाणिज्यदूतावासका कन्सुलेट कुञ्जन साहले कान्तिपुरसँग भने, ‘अनलाइन प्रदर्शनी भएकाले यसको प्रभाव लामो समयसम्म रहनसक्नेछ जसबाट नेपालको एडभेन्चर पर्यटनलाई जगाउन सहयोग पुग्नेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *