नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम विमान दुर्घटनामा सेना प्रमुखको मृत्यु

खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ।दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरू मारिएको बताइएको छ। राष्ट्रपति मोहम्मदु बुहारीले दुर्घटनाका कारण आफू ‘गहिरो दु:खमा परेको’ बताएका छन्। ५४ वर्षीय जनरल अटाहिरूले गत ज्यानुअरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए।

इस्लामिक लडाकुहरूका कारण एक दशकभन्दा लामो समयदेखि अस्थिरता झेलिरहेको उक्त पश्चिम अफ्रिकी देशमा त्यस्तो पुनर्संरचना सेनाको प्रभावकारिता बढाउने सरकारी उद्देश्य अन्तर्गत गरिएको थियो।

नाइजेरियन एयर फोर्सका अनुसार विमान कडुना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सो दुर्घटना भएको थियो।

राष्ट्रपति बुहारीले उक्त दुर्घटनाबारे एउटा ट्वीट गर्दै ‘हाम्रो फौजले देशले सामना गरिरहेको सुरक्षा चुनौतीलाई आत्मविश्वाससाथ अन्त्य गर्न खोजिरहँदा त्यसमा घातक आघात पुगेको’ बताएका छन्।

ठिक तीन महिनाअघि नाइजेरियाको सेनाको एउटा अर्को विमान राजधानी अबुजामा धावनमार्ग छुने क्रममा दुर्घटना भएको थियो।

फेब्रुअरीको उक्त दुर्घटनामा समेत त्यसमा सवार सबै सात जनाको ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *