देशमा राजनीतिक समस्या निम्त्याउन खोजियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले राजनीतिक समस्या निम्त्याउन खोजिएको बताएका छन् ।

काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा जेष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएको बताएका हुन् । उनले यस्ता प्रयासहरु सफल नहुने बताए ।

देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिस पनि भइरहेको उनको भनाइ थियो । यसतर्फ सबैलाई सचेत हुन आग्रह गरेका छन् । समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको पनि प्रधानमन्त्री ओलीले बताए ।

पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गरे । मोरङको मिक्लाजुङमा मंगलबार प्रतिबन्धित नेत्र विक्रम चन्द समूहले शिक्षकलाई हत्या गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्या हिंसाको पुरानो कालखण्ड दोहोरिन लागेको बताए । साथै, आफ्नो सरकारले यस्ता गतिविधि हुन नदिनेतर्फ सचेत रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *