हिमाली क्षेत्रको सीमासम्बन्धी महिनौँदेखिको विवादपछि दुई छिमेकी भारत र चीनले केही दिनअघि आफ्ना सेनाहरू छिट्टै पछि हट्ने घोषणा गरेर धेरैलाई आश्चर्यमा पारे।रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशङ्कर र उनका चिनियाँ समकक्षी वाङ यीबीच तारन्तारको वार्तापछि संयुक्त घोषणा आयो।
परमाणुशक्तिसम्पन्न दुई देशबीच वाक्युद्ध चर्किरहेकै बेला सेनाहरू छिट्टै पछि हट्ने घोषणा आएको हो।दिल्लीले युद्धका लागि उक्सायो भने “चिनियाँ फौजले भारतीय फौजलाई तत्कालै ठूलो झट्का दिने र उनीहरूलाई परास्त गर्ने” भनेर गत हप्ताको आरम्भतिर चिनियाँ सरकारी स्वामित्वको ग्लोबल टाइम्सले लेख्यो।