दिलीप राईद्वारा निर्देशित ‘जीवन’ शॉर्ट फिल्म प्रतियोगितमा पहिलो बने


खुला वर्गमा दिलीप राई निर्देशित फिल्म ‘जीवन’ पहिलो, दीपंकर रत्न शाक्य निर्देशित ‘प्रिटि वुमन’ दोस्रो र विश्वास तिम्सिना निर्देशित ‘अवेयरनेस स्टार्ट्स एट होम’ तेस्रो भए। विजेताहरुलाई रु १ लाख, ८० हजार र ५० हजार क्रमैले सम्मान गरियो। त्यस्तै, अमोन राई निर्देशित ‘एक साइलेन्स डायरी’ विद्यार्थी वर्गमा पहिलो भए भने कुमार विश्वकर्माको ‘एचआईभी संगा को जीवन’ र सृष्टि प्रधानको ‘भाग्य को विदम्बना’ पहिलो, दोस्रो अनि तेसस्रो भए। प्रतियोगितामा कुल ४६ वटा फिल्महरुले भाग लिएका थिए, खुला वर्गमा ३३ र विद्यार्थी वर्गमा १३ । श्री केबी गुरुङ प्रतियोगिताको प्रमुख अतिथि थिए भने प्रतियोगिताको निर्णायकहरु भने सीएल घिमिरे, सीपी गिरी, दिपेन्द्र मोहोरा र डा. सिर्जन गुरुङ थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *