दक्षिण कोरियामा आजदेखि खोप अभियान

दक्षिण कोरियाले शुक्रबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । पहिलो चरणअन्तर्गत १० लाख मात्रा खोप दिइन लागिएको कोरियाली रोग नियन्त्रण तथा रोगथाम केन्द्र (केसीडीसी) ले जनाएको छ । 

चार दिनसम्म चल्ने यो अभियानमा देशैभरका ६५ वर्षभन्दा कम उमेर समूहका २ लाख ८९ हजार स्वास्थ्यकर्मी र कोभिड–१९ संक्रमित सामेल हुनेछन् । यसका लागि १९ सयभन्दा बढी खोप केन्द्र तोकिएको छ ।

स्थानीय कम्पनी एसके बायोसाइन्सले अस्ट्राजेनेकासँगको सहकार्यमा कोरियामै उत्पादन गरिरहेको खोप नै प्रयोगमा ल्याउन लागिएको हो । सरकारले फाइजर कम्पनीसँग किनेको खोप पनि बिहीबार नै कोरिया आइपुगेको छ ।

सरकारले हालसम्म विभिन्न कम्पनीसँग गरी १० करोडभन्दा बढी मात्रा खोप किन्ने सहमति गरेको जनाएको छ । कोभिड–१९ विरुद्धको खोप ओसारपसारका लागि विशेष खालको फ्रिज बनाइएको केसीडीसीले जनाएको छ । फ्रिजमा ३–८ डिग्री सेल्सियस तापक्रम कायम रहनेछ । तर जेजु टापुमा लैजाने खोप भण्डारण गर्दा यसभन्दा बढी तापक्रम रहेको पाइएपछि त्यसलाई प्रयोग नगर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *