त्रिपुराका मुख्यमन्त्रीले नेपालसम्बन्धी दिएको अभिव्यक्तिप्रति भारतीय कांग्रेसको आपत्ति

भारतको विपक्षी पार्टी भारतीय राष्ट्रिय कांग्रेसले उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहको नेपाल र श्रीलंकामा समेत सरकार विस्तार गर्ने योजना रहेको भन्ने विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

कांग्रेसले यस किसिमका अभिव्यक्तिले नै भारतको छिमेकीहरुसँगको सम्बन्ध बन्न पुगेको समेत जनाएको छ । ‘यस्तै मानिसहरुको बेवकुफीपूर्ण बयानकै कारण आज भारतको छिमेकीहरुसँगको सम्बन्ध सबैभन्दा खराब अवस्थामा आइपुगेको छ,’ कांग्रेसले सोमबार साँझ ट्वीट गर्दै भनेको छ । साथै उसले यस किसिमका अभिव्यक्ति दिएर भाजपाले जनतालाई मूर्ख बनाउने काम मात्र गरिरहेको भन्दै आलोचनासमेत गरेको छ ।

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मख्यमन्त्री विप्लव देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए । देवले शनिबार राजधानी अगरतलाको एउटा पार्टी बैठकमा भाजपा अध्यक्ष रहेका बेला शाहले त्यस्तो योजना सुनाएको बताएका थिए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *