तीन उत्तर कोरियाली नागरिकले ह्याकिङ गरेर १.३ अर्ब डलर चोर्न खोजेको अमेरिकाको आरोप

अमेरिकाले विश्वभरका ब्याङ्क तथा व्यवसायबाट उत्तर कोरियाका तीन नागरिकले १.३ अर्ब अमेरिकी डलरभन्दा बढी रकम चोर्न खोजेको अभियोग लगाएको छ।

पक्राउ नपरेका ती तीन जनामाथि द्वेषपूर्ण क्रीप्टोकरेन्सी प्रोग्रामहरू प्रयोग गरेको आरोप लगाइएको छ।

उत्तर कोरियाका ती नागरिकमाथि सन् २०१७ मा ‘वाना क्राइ’ साइवर हमलामा समेत संलग्न रहेको आरोप लगाइएको छ जसले यूकेको स्वास्थ्यसम्बन्धी कम्प्युटर प्रणालीलाई प्रभावित बनाएको थियो।

त्यसले यूके बाहेक विश्वभरका १५० भन्दा बढी देशहरूमा समेत प्रभाव पारेको बताइन्छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *