अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा यो फैसला लिएको बताएका छन् ।
विश्वभरि कोभिड-१९ का कारण मृत्यु हुने देशमध्ये भारत शीर्षस्थ पाँचौँ स्थानमा छ।देशको १.३ अर्ब जनसङ्ख्यासँग तुलना गर्दा मृतकको सङ्ख्या धेरै नभएको केही विज्ञहरूको तर्क छ।तर विभिन्न कारणले कोभिड-१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या कम देखाइएको सरकारलाई आरोप लागेको छ।दुई महिनासम्म लगाइएको प्रतिबन्धात्मक व्यवस्था जुन महिनाको सुरुतिर अन्त्य गर्दै भारतमा अर्थतन्त्र क्रमिक रूपमा चलायमान बनाउँदै लगिएको छ।भर्खरै व्यायामशालाहरू पुनः खुलेका छन्।