ट्रम्पले इराक र अफगानिस्तानबाट थप सैनिक फिर्ता गर्ने अमेरिकी सेनाको अपेक्षा

अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको बताएका छन्।अफगानिस्तानमा सन् २०२१ को ज्यानुअरीसम्म आधा सैनिक फिर्ता गरेर २,५०० जनामा झारिने अधिकारीहरूले बताएका छन्।त्यस्तै इराकमा ५०० सैनिक कटौती गरेर २,५०० मात्र राखिने बताइएको छ।

राष्ट्रपति ट्रम्पले यसअघि नै क्रिसमससम्म सबै सैनिकलाई घर फर्काउने चाहेको बताएका थिए सैनिक फिर्ता ल्याउने काम ज्यानुअरी १५ सम्म सकिनुपर्ने सञ्चारमाध्यमले जनाएका छन्।त्यो भनेको जो बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नुभन्दा एक दिनअघि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *