टोक्यो ओलम्पिकको दौरानमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध लगाइएको छ । टोक्यो–२०२० का अध्यक्ष सीको हासीमोटोले बुधबार सुरक्षाको कारण मादक पदार्थको विक्रिवितरणमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो । आयोजकले स्टेडियमको बाहिर मादक पदार्थ विक्रीवितरणमा प्रतिबन्ध लगाउनुका स्टेडियम भित्र लैजान रोक लगाइएको हो । मादक पदार्थको विक्री तथा सेवनले भौतिक दुरी कायम राख्ने सम्भावना नरहने जापानका केही वरिष्ठ स्वास्थ्य अधिकारीको दलिल छ । आयोजकले करिब १० हजार घरेलु दर्शकलाई खेल हेर्न अनुमति दिने बताएको छ । विदेशी दर्शकहरूको लागि भने खेल हेर्न प्रतिबन्ध लगाइएको छ । टोक्यो ओलम्पिक एक महिनापछि जापानमा सुरु हुँदैछ ।
Related Posts
भारतीय क्रिकेट टोलीले पाकिस्तान भ्रमण गर्नेमा आईसीसी विश्वस्त
- Editor
- November 23, 2021
- 0
पाकिस्तानले सन् २०२५ मा आयोजना गर्ने आईसीसी च्याम्पियन्स ट्रफीमा भारतको सहभागिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टाउको दुखाइ भएको छ । यद्यपि, आईसीसीले प्रतियोगितामा सबै देश […]
टी–२० विश्वकप : समूह चरणमा पाकिस्तानको शतप्रतिशत नतिजा, सेमिफाइनलमा अस्ट्रेलियासँग भिड्ने
- Editor
- November 8, 2021
- 0
जारी आईसीसी टी–२० विश्वकपको समूह चरणमा पाकिस्तानले शतप्रतिशत नतिजा निकालेको छ। आइतबार राति समूह चरण अन्तर्गतको पाँचौँ तथा अन्तिम खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै […]
स्वर्ण जित्ने मौका गुमायो भारतले
- Editor
- August 5, 2021
- 0
ओलम्पिक हकीमा भारतीय महिला टोलीको स्वर्ण पदक जित्ने सपना भताभुङ्ग भयो। बुधवार खेलिएको सेमिफाइनल म्याचमा भारतलाई अर्जेण्टिनाले २-१ ले पराजित गयो । म्याचको शुरुमै गोल […]