टिस्टा ब्यारेज कार्यालय परिसरबाट २ वटा अजिंगर बरामद

फुलबारी महानन्द ब्यारेजको छेउमा रहेको टिस्टा ब्यारेज कार्यालय परिसरबाट बैकुण्ठपुर वन विभागको डबग्राम वन विभागका कर्मचारीहरूले दुईवटा अजिंगरको उद्धार गरेका छन्। शुक्रबार बिहान टिस्टा ब्यारेजका कर्मचारीले छाडिएको पाइपभित्र अजिंगर देखेपछि वन विभागलाई खबर गरेका थिए । वन विभागका कर्मचारी आएर एउटै ठाउँबाट लगातार दुईवटा ठूला अजिंगरको उद्धार गरेका थिए । सिलगढीमा पहिलो पटक दुईवटा अजिंगर एकैसाथ उद्धार गरिएको वनपाल आरती डेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *