टाटा पावरको ‘पावरलिंक्स’ले ई-विद्याको सुरू गर्यो

टाटा पावरको ‘पावरलिंक्स’ ले पश्चिम बंगालको सिलिगुडीमा आफ्नो डिजिटल स्कूल प्रयोगशालाको पहल अन्तर्गत इ-लर्निंग प्लेटफर्म ई-विद्या सुरू गर्यो। ई-विद्या मार्फत कम्पनीले २२० शिक्षकलाई फाइदा पुर्यायउने र जलपाईगुडी र सिलिगुडी जिल्लाका ५७ स्कूलहरूमा १५००० भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।
पश्चिम बंगाल पर्यटनमन्त्री गौतम देबको उपस्थितिमा शुरु गरिएको इ-विद्यालाई पश्चिम बंगाल राज्य बोर्डको पाठ्यक्रम कक्षा १० सम्म समेटिएको छ। यसको मुख्य उद्देश्य शिक्षक र विद्यार्थीहरूको बिचमा सहज अन्तरक्रियाको साथै सामान्य ज्ञानको बृद्धि एभी शिक्षाको साथ संज्ञानात्मक कौशल वेब-आधारित शिक्षा समाधानहरूको पहुँच प्रदान गर्नु हो। यसले तिनीहरूलाई वर्तमान डिजिटल विश्वसँग सुसज्जित गर्दछ,र् शिक्षाको गुणस्तर सुधार गर्दै ड्रपआउट दर पनि घटाउन सह्योग गर्द छ।
कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै पावरलिंक्सका सीईओ र ईडी सुश्री किरण गुप्ताले भने, “टाटा पावरमा हामी सँधै विश्वास गर्छौं कि शिक्षा कुनै पनि प्रगतिशील देशको मेरुदण्ड हो। इ-विद्याको माध्यम बाट, हामी शिक्षा क्षेत्रमा एक उन्नत र पाथ-ब्रेकिंग समाधान पेश गर्ने लक्ष्य राख्छौं र स्कूलका विद्यार्थीहरूको लागि नवीन शिक्षा र सिकाईको अनुभव प्रस्ताव गर्नेछौं। ”

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *