जिम्बाबवेले पाकिस्तान बिरुद्धको टेष्ट श्रृखंलाका लागि १६ सदस्यीय टोलिको घोषणा गरेको छ

दुई टेष्ट खेलको श्रृखंलाको पहिलो खेल बिहीबारबाट सुरु हुँदैछ ।
ल्युक जोङ्वे, रिचर्ड गार्भा, रोय काइया, मिल्टन शुम्बा र तनाका सीभाङ्गा पहिलो पटक टेष्ट टोलिमा स्थान पाएका छन् । हालै सम्पन्न टी ट्वान्टी श्रृखंलामा उत्कृष्ट प्रदर्शन गरे बापत् जोङ्गवेले टेष्ट टोलिमा स्थान पाउनुभएको छ । तीन टी ट्वान्टीमा उहाँले नौ विकेट लिनुभएको थियो ।
ब्रान्डन टेलर टोलिमा पुनरागमन गर्नुभएको छ । उहाँले स्वास्थ्य प्रतिकूलताले यूएईमा सम्पन्न अफगानिस्तान बिरुद्धको टेष्ट श्रृखंला खेल्नुभएको थिएन । जिम्बाबवे टोलि क्रैग अर्बाइन र वेस्ली मधेभेरे बिना नै पाकिस्तान बिरुद्ध उत्रिनेछ ।
अलराउन्डर सिकन्दर राजा अझै टोलिमा फर्किनुभएको छैन् । राजा, बोन म्यारोको सङ्क्रमणको उपचारमा हुनुहुन्छ । सन् २०१७ मा टेष्ट डेब्यु गरेपनि टोलिबाट बाहिरिएका टेन्डै चिसोरोलाई टोलिमा स्थान दिइएको छ । जोयलर्ड गुम्बी र टाकुजवनाशे कैटानो भने टोलिमा अटाएका छन् ।
टोलिका अन्य सदस्यमा ब्लेसिङ मुजाराबानी, भिक्टर नैची, डोनाल्ड ट्रिपानो, प्रिन्स मसभौरे, वेलिंग्टन मस्कजादा र केभिन कसुजाले स्थान पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *