जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प

जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मियागी प्रान्तमा शनिबार भूकम्प गएपछि स्थानीय अधिकारीहरुले सुनामीको चेताबनी जारी गरेका छन् ।
भूकम्प गए लगत्तै करीब एक मिटरमाथिको सुनामीको तरङ्ग उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । अधिकारीहरुले तात्कालै कुनै क्षतिको बिवरण आइनसकेको जनाएका छन् । भूकम्पपछि करीब दुई सय घरमा विद्युत आपूर्ति बन्द भएको छ ।
जापानको मौसम विभागले स्थानीय समयानुसार साँझ छ बजेर नौ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको उल्लेख गरेको छ । मियागी क्षेत्रमा रहेको सागरको ६० किलोमिटर गहिराइ भूकम्पको केन्द्र मापन गरिएको जनाइएको छ । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा मियागी प्रान्तकै सेन्डै शहरमा भूकम्प जाँदा करीब १५ सेकेण्डसम्म पराकम्पन्न गएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *