चेन्‍नाईको १० सदस्यीय टोलीमा कोरोना संक्रमण !

चेन्‍नाईको १० सदस्यीय टोलीमा कोरोना संक्रमण देखिएको हो । कोभिड १९ को प्रोटोकलअनुसार यूएईमा तीन पटक परीक्षण अनिवार्य रहेको छ ।

यूएईमा पुगेपछि एयरपोर्टमा पहिलो परीक्षण, त्यसपछि ६ दिने आईसोलेसनको पहिलो, तेस्रो र छैटौं दिन परिक्षण गर्नु पर्ने प्रावधान छ । यी सबै परीक्षण पार गरेपछि मात्र प्रशिक्षण सुरु गर्न पाउँछ । यस नतिजाले आईपीएललाई सचेत गराएको छ । विगतको परम्पराअनुसार गत सिजनको उपविजेता चेन्‍नाईले गत वर्षको विजेता मुम्बई इन्डियन्ससँग पहिलो खेलमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।

चेन्‍नाईमा ६ दिने कन्डिसनिङ क्याम्पपछि सुपर किंग्सको भारतीय प्रतिनिधि सम्मिलित टोली अगस्ट २१ मा यूएई पुगेको थियो । यो समूहमा कप्तान महेन्द्रसिंह धोनी, सुरेश रैना, अम्बती रायडु, दीपक चहार, पियुष चावलालगायत खेलाडी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *