चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई ६-१, २-६, ६-४ को सेटमा पराजित गर्दै आफ्नो पहिलो ग्राण्डस्लाम उपाधी जितेकी हुन् । फिलिप च्याटरियर कोर्टमा भएको फाइनल खेलमा क्रेजसिकोभा फ्रेन्च ओपन जित्ने पहिलो चेक गणतन्त्रकी महिला खेलाडी समेत बन्न पुगेकी छन् । पुरुषतर्फको फाइनल खेल भने आज खेलिंदैछ । १८ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले ग्रिसका स्टेफानोस सिसिपासको सामना गर्दैछन् ।

आज खेलिने फाइनल खेलमा विश्व नम्बर पाँचका सिसिपासले विश्व नम्बर एकका जोकोभिचसँग आफ्नो पहिलो ग्राण्डस्लाम उपाधीका लागि फिलिप च्याटरियर कोर्टमा प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता नाडाल भने सेमिफाइनलमा जोकोभिचसँग पराजित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *