चीन सरकारले बीबीसी संवाददाता जोन सडवर्थले चीन छोडेर गएको तरिकामाथि प्रश्न उठाएको छ ।

 शुक्रबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले सडवर्थले अनौपचारिक रुपमा चीन छाडेको बताएकी हुन् । साथै सडवर्थले चिनियाँ अधिकारीलाई कुनै सूचना नदिएको र औपचारिकता पूरा नगरेको पनि प्रवक्ता चुनयिङले बताएकी छिन् ।

‘सिनजियाङ प्रान्तका नागरिकले उनीविरुद्ध मुद्दा हाल्छन् भन्ने डर उनलाई थियो भने उनी यहीँ बसेर मुद्दा लड्नुपर्थ्यो । किनकी उनले आफूले झूटो रिपोर्टिङ नगरेको दाबी गरिरहेका छन् ।’

बीबीसीको प्रेस टिमले मार्च ३१ मा संवाददाता जोन सडवर्थ बेइजिङबाट ताइवान सरेको जानकारी दिएको थियो । बीबीसी प्रेस टिमले भनेको थियो, ‘चीन संवाददाताका रुपमा जोन सडवर्थले प्रशंसायोग्य काम गरेका थिए । उनीमाथि संस्था गर्व गर्छ । चिनियाँ प्रशासनले विश्वसामु लुकाउन खोजेको कुरा जोनले बाहिर ल्याएका थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *