चीन र रुसलाई टक्कर दिन नयाँ प्रविधिको हतियार विकास गर्न अमेरिकालाई सुझाव

अमेरिका र उसका मित्र राष्ट्रहरूले आर्ट्रिफिसियल इन्टेलिजेन्स वा कृत्रिम बुद्धिमत्तायुक्त स्वचालित हतियार निर्माणमाथि विश्वव्यापी प्रतिबन्ध लगाउने कदमलाई साथ दिन नहुने अमेरिकी राष्ट्रपति र संसद्‌का लागि तयार पारिएको एउटा प्रतिवेदन सार्वजनिक भएको छ।सो प्रतिवेदनमा कृत्रिम बुद्धिमत्ताले ‘सैन्य निर्णयको समयावधिलाई कम गर्ने’ र मानिसले तत्काल गर्न नसक्ने निर्णयमा सैन्य प्रत्युत्तर दिने बताइएको छ।

र सो प्रतिवेदनमा रुस र चीनले त्यस्तो सहमतिको पालना नगर्न सक्ने चेतावनी पनि दिइएको छ।”यो अचम्म र डरलाग्दो प्रतिवेदन हो जसले कसलाई मार्ने भन्ने निर्णय लिने कृत्रिम बुद्धिमत्तायुक्त हतियारको प्रयोग बढाउँछ,” क्याम्पेन टु स्टप किलर रोबोट्सका प्रवक्ता प्राध्यापक नोयल शार्कीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *