चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ‘ऐतिहासिक साझेदारी’

सरकारले चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ‘ऐतिहासिक साझेदारी’ भएको भन्दै मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ।

परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ।

विभागका महानिर्देशक प्रकाश जोशीले सोमवार झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिएका छन्।

उनले भने, “यो शुद्ध र वैज्ञानिक काम गरेका हौँ। हामीले उचाइ निर्धारण गरेका हौँ।”

उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्दै जोशीले जानकारी दिए।

विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ।

यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उचाइबारे नेपाल र चीनबीच ऐतिहासिक सहमति भएको बीबीसीलाई बताएकी थिइन्।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *