चीनले कोरोना भाइरसविरुद्धको चौथो खोप प्रयोगका लागि अनुमति दिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको छ ।
केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले खोपलाई अन्तिम रूप दिएको हो । त्यसलाई अन्य नियामक निकायहरूले गत हप्ता आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए ।
चीनमा विकास गरिएका ४ खोप तीन संस्थाले विकास गरेका हुन् । त्यस कार्यमा अन्हुई झिफेई लंकम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान संलग्न छन् ।