चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर निकाय सीआईएका भूतपूर्व अधिकारीलाई मुद्दा

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ। ती नातेदार पनि सीआईएका कर्मचारी थिए।

सतसट्ठी वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ।

चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन्।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *