नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेक चीनबाट आएको विशेष टोलीका सदस्यले नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जान सल्लाह दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी नेकपाभित्र विवाद बढ्दै गएपछि प्रतिनिधिसभाको विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिदै गएपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आइतबार चार सदस्यीय टोली काठमाडौं आएको थियो । उक्त टोलीले सोमबार बिहान दाहाल निवास खुमलटारमा पुगेर सम्भव भएसम्म नेकपा (ओली पक्ष) का अध्यक्ष प्रधानमन्त्री ओलीसँग मिलेर अघि बढ्नको लागि सहल्लाह दिएका हुन् ।
दाहाल निकट एक नेताले कान्तिपुरलाई दिएको जानकारी अनुसार चिनियाँ विशेष टोलीले नेकपाको पार्टी एकतालाई कायम राख्न आग्रह गरेका हुन् ।
जवाफमा दाहालले प्रधानमन्त्री ओली सच्चिएमा आफू मिलेर अघि बढ्नको लागि तयार भएको बताएका हुन् । त्यसको मतलब दाहालले ओलीले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिने पर्ने अडान चिनियाँ टोली समक्ष राखेका हुन् ।