चितुवापछि बाँदरको डरले बाँचिरहेका छन् मानिसहरु

जलपाईगुडीमा चितुवाको आतंक अझै सकिएको छैन कि अब जंगली बाँदरको डरले मानिसलाई सताउन थालेको छ । यस क्षेत्रमा जंगली बाँदरले केही मानिसलाई आक्रमण गरेका छन् । कचुआ नन्दनपुर क्षेत्रमा भएको यो घटनापछि बाँदरलाई लिएर मानिसमा त्रास छाएको छ ।उल्लेखनीय कुरा के छ भने जलपाईगुडी सदर ब्लकको कचुआ कंदिपारा तीन नम्बर स्पार क्षेत्रका बासिन्दाले केही समयअघि आफ्नो क्षेत्रमा चितुवा देखेका थिए ।

यसबारे वन विभागलाई जानकारी गराएपछि वन विभागले त्यहाँ बाघलाई पक्रन खोर राखेको थियो । तर चितुवा अझै पनि त्यो खोरमा फसेको छैन ।यसबीच स्थानीयवासी आतंकित छन् । कतिपय स्थानीयवासीले त्यहाँ राती बाघको गर्जना सुन्छन् ।उनीहरुको बाघको डर अझै सकिएको छैन कि अहिले ठुलो जंगली बाँदर सो क्षेत्रमा घुमिरहेको देखिएको छ । मानिसहरु बाँदरको डरले बाँचिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *