अस्ट्रेलियाले छिटै तयार हुने आशा गरिएको कोरोनाभाइरसविरुद्धको खोप आफ्ना नागरिकका लागि नि:शुल्क दिने जनाएको छ । त्यो खोप औषधि कम्पनी आस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेका छन् र अहिले परीक्षणको क्रममा छ । प्रधानमन्त्री स्कट मरिसनले परीक्षण सफल भएमा आस्ट्राजेनेकासँगको सम्झौताले हरेक अस्ट्रेलियालीका निम्ति खोप सुरक्षित हुने बताए । उनका अनुसार अढाई करोड जनसङ्ख्यालाई नि:शुल्क खोप उपलब्ध गराउन सक्ने गरी उक्त कदम उठाइएको छ ।
Related Posts
सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर
- Editor
- December 8, 2020
- 0
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय […]
म्यान्मारका प्रदर्शनमा ६ जनाको मृत्यु
- Editor
- March 13, 2021
- 0
म्यान्मारको सैनिक सरकारविरोधी प्रदर्शनका क्रममा शनिबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार दोस्रो ठूलो सहर म्यान्डलेमा भएको प्रदर्शनका क्रममा प्रहरीले […]
काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ५ सय ६१ कोरोना संक्रमित
- Editor
- December 3, 2020
- 0
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय […]