देवचराई ग्राम पञ्चायतको घोनापाडा क्षेत्रका बासिन्दा १५ वर्षदेखि खानेपानीको अभावमा परेका छन् । प्रशासन विरुद्ध आक्रोश पोख्दै गाउँलेहरुले चुनाव बहिष्कारको घोषणा गरेका छन् । घटना तुफानगञ्ज–१ ब्लकको देवचराई ग्राम पञ्चायतको घोनापाडा क्षेत्रमा भएको हो । उक्त क्षेत्रमा खानेपानीको धारा जडान गरिए पनि खानेपानी नआएको स्थानीयको गुनासो छ । जनता आर्सेनिकयुक्त ट्युबवेलको पानी पिउन बाध्य छन् । जसका कारण पेटका रोगहरु बढ्दै गएका छन् । अन्य समस्या पनि भइरहेका छन् । पिउने पानीको समस्यालाई लिएर ग्राम पञ्चायत र पीएचई विभागमा गुनासो गरे पनि केही भएको छैन । समस्या तत्काल समाधान गर्न स्थानीयले माग गरेका छन् । आफ्नो समस्या छिट्टै समाधान नभए सिंगो गाउँ पञ्चायतको निर्वाचन बहिष्कार गर्न बाध्य हुने गाउँलेहरुले बताएका छन् ।
Related Posts
उत्तर बंगालका जनतालाई अर्को उपहार, NJP र पटना बीच वन्दे भारत ट्रेन सुरु, PM मोदीले 10 वटा नयाँ वन्दे भारत ट्रेनलाई झण्डा दिए
- Editor
- March 12, 2024
- 0
प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार, मार्च १२ मा १० नयाँ वन्दे भारत ट्रेनलाई झण्डा देखाउनुभयो। अब वन्दे भारत उडानहरूको कुल संख्या 50 नाघेको छ र 45 […]
स्वामी विवेकानन्दको १६०औँ जन्मजयन्तीको अवसरमा संसदीय म्याराथन दौडको आयोजना
- Nandita Das
- January 12, 2023
- 0
स्वामी विवेकानन्दको 160 औं जन्मजयन्तीको अवसरमा, बांकुरामा ‘संसदीय म्याराथन दौड’ आयोजित गरियो। स्थानीय सांसद तथा केन्द्रीय शिक्षा राज्यमन्त्री डा सुभाष सरकारले बिहीबार बांकुराको हिन्दू विद्यालय […]
खोलाको फोहोर पानीका कारण बोरोली माछा पाइँदैन, यो माछा सबैको मनपर्ने हो
- Piyali Poddar
- July 16, 2024
- 0
आठ महिनाको लामो पर्खाइपछि टिष्टा नदीमा बोरोली माछा फर्किएका छन् तर यसपटक भने मनसुन आउन थालेपछि स्वादिलो बोरोली माछा टिस्टामा आउने र हिउँदसम्म राम्रो संख्यामा […]