खानेपानीका लागि पञ्चायत सदस्यले बन्धक बनाएका छन्

खानेपानीको समस्या समाधान गर्न स्थानीयवासीले स्थानीय पञ्चायत सदस्यलाई पञ्चायत कार्यालयमा बन्धक बनाएर विरोध गरेका छन् । बुधबार माथिल्लो बागडोग्रा ग्राम पञ्चायतको दरगाउँ गाउँका महिला पुरुषको समूहले हातमा पानीको बोतल लिएर बागडोग्रा ग्राम पञ्चायतको कार्यालयमा धर्ना दिएर स्थानीय पञ्चायत सदस्य उज्ज्वल शर्मा र केही कर्मचारीलाई कार्यालयमा तालाबन्दी गरेका थिए । ।

दरगाउँ क्षेत्रका बासिन्दाले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएको उनीहरूको गुनासो छ । निर्वाचनका बेला आश्वासन पाउँछन् तर चुनाव सकिएपछि प्रशासनले ठोस कदम चालेको देखिँदैन । त्यसैले आज दरगाउँ क्षेत्रका बासिन्दाले यही बाटो रोजेका छन् । यसै क्रममा बागडोग्रा ग्राम पञ्चायतका प्रमुख सञ्जीव सिन्हालाई पनि डेंगुको संक्रमण भई अस्पताल भर्ना गरिएको छ ।

यस सम्बन्धमा स्थानीय पञ्चायत सदस्य उज्ज्वल शर्माले आफ्नो ग्राम पञ्चायत क्षेत्रमा तीनवटा पानी पम्प रहेकामा एउटा खराबी रहेको बताए । उनले मर्मतका लागि पीएचई विभागलाई पत्र पठाएको र अबको १०–१२ दिनभित्र यस क्षेत्रमा खानेपानीको समस्या समाधान हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *