कोलकाताको प्लास्टिक कारखानामा आगलागी, १० दमकल घटनास्थलमा

दक्षिण बङ्गालको टेंगरामा रहेको प्लास्टिक कारखानामा सोमबार भीषण आगलागी भएको छ। खबर पाएलगत्तै १० वटा दमकल घटनास्थलमा पुगेर आगो निभाउन थालेको बताइएको छ ।

सुरुमा स्थानीयले आगो निभाउने प्रयास गरेपनि आगो नियन्त्रणमा आउन नसकेपछि दमकललाई खबर गरिएको थियो ।फ्याक्ट्रीमा प्रचुर मात्रामा ज्वलनशील पदार्थ रहेका कारण आगो तिब्र गतिमा फैलिएको थियो । आगो निभाउनुका साथै कोही फसेको भए नभएको हेर्न कारखानाका कर्मचारीले पनि अनुगमन गरिरहेका छन् भने कोही फसेको भए तत्काल फिर्ता ल्याउने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *