कोरोना संक्रमण समुदायमा फैलिएको छैन : स्वास्थ्य मन्त्रालय

 स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण समुदायस्तरमा नफैलिएको जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोरोनाको संक्रमण समुदायमा नफैलिएको दाबी गरे । उनले भने, ‘विभिन्न तथ्य हेर्दा समुदायमा कोरोना संक्रमण फैलिएको देखिँदैन ।’मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना परीक्षणको क्रममा भीडभाड हुने विभिन्न स्थानमा ४ हजार ८०० नमुना परीक्षण गरेको थियो । जसमा ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ जना विदेशबाट आएका छन् भने एक जना ब्युटिपार्लर व्यवसायमा संलग्न रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *