दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमार्फत् त्यसको जानकारी गराएका हुन् । कर्फ्यु अवधिभित्र अत्यावश्यक सेवा र अन्तरराज्य सार्वजनिक यातायात भने चालू रहनेछ । तर, सबै किसिमका बजार, मलहरु बन्द रहनेछन् । तर, सिनेमा हल भने ३० प्रतिशत क्षमतामा चल्न दिइने भएको छ । निजी कार्यालयहरुलाई घरबाटै काम गराउन व्यवस्था मिलाउन निर्देशन दिइने पनि केजरीवालले भनेका छन् । मुख्यमन्त्री केजरीवाल र उच्च अधिकारीबीच बिहीबार बिहान भएको छलफल यस्तो निर्णय लिइएको हो । दिल्लीमा केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बुधबार मात्र १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै उच्च दर हो । मुख्यमन्त्री केजरीवालले संक्रमणको साङ्लो तोड्न कर्फ्यु लगाउने निर्णय गरिएको बताएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । बुधबार मात्र १०० जनाको मृत्यु भएको थियो ।
Related Posts
कोरोनाले अमेरिकामा ५ लाखभन्दा बढीको मृत्यु
- Editor
- February 24, 2021
- 0
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । संक्रमित हुनेको संख्या २ करोड ८० लाखभन्दा बढी पुगेको छ । यो संख्या भारत (१ करोड […]
कोरोना संक्रमण बढेपछि दिल्लीमा रात्रिकालीन कर्फ्यु
- Editor
- April 6, 2021
- 0
भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण रोकथामका रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली राज्य सरकारले मंगलबारदेखि लागू हुने गरी राति १० बजेदेखि बिहान ५ […]
रोटरी क्लब महानगरको सातौं नयाँ कार्यकारिणी गठन भएको छ
- Editor
- July 8, 2024
- 0
राकेश गर्ग रोटरी क्लब महानगरको सातौं नयाँ कार्यकारी क्लबको नयाँ अध्यक्ष बनेका छन् । सिलगढी : रोटरी क्लब अफ सिलगढी महानगरपालिकाको नयाँ कार्यकारिणीले समाज सेवाको […]