कोरोना भाइरस रोक्ने खोपलाई अनुमति दिन फाइजरद्वारा अमेरिकी निकायमा आवेदन

फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोभिड-१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा शुक्रवार आवेदन दिएका छन् ।उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ।

उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन। यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ ।अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ। यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ।

त्यसमध्ये यो वर्षको अन्त्यसम्म उसलाई एक करोडवटा खोप उपलब्ध भइसक्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *