कोरोना भाइरस भारत: महामारीको ‘गम्भीर र सघन’ दोस्रो लहरको खतरामा

फेब्रुअरीको मध्यमा पश्चिम भारतको एउटा ठूलो अस्पतालका स्वास्थ्यकर्मीले कोरोनाभाइरसको घातक महामारी घट्दै गरेको विश्वास गर्न थालेका थिए।

त्यस अस्पतालको कोभिड वार्डमा २८ जना मात्र बिरामी बाँकी थिए।

एक हजार शय्या भएको महाराष्ट्रको कस्तुर्बा अस्पतालमा गत सालको गर्मी याममा १८० जना कोभिडका बिरामी थिए।

सो अस्पतालमा फेब्रुअरीमा कयौँ महिनापछि पहिलो पटक सघन उपचार कक्ष आईसीयू रित्तो भएको थियो।

बिरामीको सङ्ख्या घट्नेमा विश्वका अन्य कयौँ भागमा झैँ त्यो स्थान पनि अपवाद थिएन।

बरु स्वास्थ्यकर्मी र अग्रमोर्चामा काम गर्नेहरूले कोभिड खोप लिन सुरु गरेका थिए।

उक्त अस्पतालमा समेत ७० जना जति स्वास्थ्यकर्मी नै कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *