कोरोना भाइरस भारत :नयाँ नियम के छ?

सोमबारबाट महाराष्ट्रमा स्थानीय समय अनुसार रातको आठ बजेदेखि बिहानको सात बजेसम्म कर्फ्यु लागु हुनेछ।

सप्ताहान्तमा शुक्रवार राती आठ बजेदेखि पूर्ण रूपमा लकडाउन लागु हुने छ जुन सोमवार बिहान सात बजेसम्म कायम रहने छ।

त्यो अवधिमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहने छ।

तर सार्वजनिक सवारी साधनहरू भने चल्ने छन्।

पसल, बार अनि रेष्टुराँले ग्राहकले किनेर लैजान दिन सक्ने वा घर-घरमा खाना पुर्‍याउने कार्य भने जारी राख्न पाउनेछन्।

सरकारी कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै बोलाउन भनिएको छ।

सकेसम्म घरबाटै काम गराउन भनिएको छ। यी प्रावधान एप्रिल ३० तारिखसम्म लागु हुने सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *